12th September 2026, Saturday

रास्वपामा पुनर्गठनका नाममा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य नहुने

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले चर्चित व्यक्ति भित्र्याउने वातावरण बनाउनुपर्ने भए पनि पुनर्गठनका नाममा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य नहुने उल्लेख बताउनु भएको छ ।

चितवनको सौराहामा भएको पार्टीको बिस्तारित बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै यस्तो बताउनु भएको हो ।

अर्यालले प्रतिबेदनमा भन्नु भएको छ –‘पार्टी ’रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति÷व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा हुँदै पनि ’रिफर्म’ वा ’स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा उल्लेख छ, ‘लोकतान्त्रिक पार्टी भएकाले राष्ट्र, राष्ट्रियता र जनताको हितमा पार्टीको विस्तार र सुदृढीकरणमा आउने हर प्रस्ताव स्वीकार र कार्यान्वयन गर्न हामी प्रतिवद्ध छौं।’

प्रतिवेदनमा पूर्वाग्रह र व्यक्तिगत महत्वकांक्षाको लेपन नलगाई खुला र हार्दिक छलफल गर्न सक्यौं भने मात्र पार्टीलाई नयाँ रफ्तारमा अगाडि बढाउन सकिने उल्लेख छ। ‘मैले माथि उल्लेख गरेका समस्यालाई च्यापेर वा लुकाएर पार्टी अगाडि बढ्न सक्दैन। अनि, ’रिफर्म’ का नाममा भइरहेका सबै तर्क र गतिविधिको अपनत्व लिएर पनि पार्टी अगाडि बढ्न सक्दैन। ’रिफर्म’ नीति– विचार (राजनीतिक दृष्टिकोण) विधान (सांगठनिक संरचना) र मूल्य– मान्यता (कार्यशैली) मै हो कि केही पद र व्यक्तिहरुको व्यवस्थापनका लागि मात्र भन्ने प्रश्न पनि उठेको छ,’ उनले भनेका छन्। विस्तारित बैठकले पनि पार्टीमा संरचनात्मक फेरबदल गर्न नसक्ने अर्यालको भनाई छ ।

प्रतिवेदनले पुराना दलहरूको विकल्पमा एक सशक्त शक्ति निर्माण गर्न समान विचार भएका दल, समूह र व्यक्तिहरूसँग एकीकरण गर्ने, सम्भव नभए मोर्चाबन्दी गर्ने र त्यो पनि नभए मुद्दामा आधारित सहकार्य गर्ने रणनीति अघि सारेको छ



No ad available.


No ad available.