12th September 2026, Saturday

राष्ट्रपति पौडेल कतार प्रस्थान

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज बिहान त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्नु भएको हो ।

राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



No ad available.


No ad available.