12th September 2026, Saturday

राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति यादवले गर्ने

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा आयोजना हुने ’सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति पौडेल कतार प्रस्थान गर्नुभएकोले उहाँको अनुपस्थितिमा नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पादन गरिनेगरी जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

 राष्ट्रपति पौडेल कात्तिक २० गतेसम्म दोहामा हुने उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलको भ्रमण अवधि भर उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी वहन गर्नुहुनेछ



No ad available.


No ad available.