News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहिबार थप अर्काे अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको हो । यस अघि आजै राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले राष्ट्रपति समक्ष बिभिन्न ६ वटा अध्यादेश स्वीकृतिका लागि पठाएको थियो । अब बाँकी ४ वटा अध्यादेश जारी हुन बाँकी रहेका छन् ।
सरकारले धमाधम अध्यादेश सवीकृतिका लागि सिफारिस गरेपछि बिहिबार राष्ट्रपति पौडेलले कानूनबिद्हरुसँग परामर्श गर्नुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक