News by: helpline
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आगामी सोमबार दिउँसो २ बजे संघीय संसद् भवन, सिहंदरबारमा बैठक बस्ने गरी दुवै सदन (प्रतिनिधि र राष्ट्रिय सभा)का अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति यही वैशाख २२ गतेको सिफारिसमा सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक