News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ । साथै उहाँले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुन्नुभएको छ ।
उहाँले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरुले रसुवा बाढीले जिल्लामा पु¥याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो । साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भईरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो ।
सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरु रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो । त्यहाँ बाढीबाट प्रभावित नागरिकहरुले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पु¥याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए । साथै, खोज, उद्धार र राहत एवम पुर्नस्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताउनुभएको थियो । राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक