News by: helpline
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपालीले शिर उँचो बनाएर गौरवका साथ उभिन पाएको बताउनुभएको छ।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने बताउनुभएको हो ।
वीर पुर्खाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवम् सार्वभौमसत्ताका लागि गरेको बलिदान र योगदान स्तुत्य रहेको बताउँदै राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धताबाट विचलित हुन नहुने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउँदै भावी पुस्तामा राष्ट्रप्रेमको भावधारा जागृत गरेर अघि बढ्नुपर्छ। हामी सबै मिलेर भ्रष्टाचार, विकृति र विसङ्गति अन्त्य गरी सुशासनका माध्यमबाट देश विकासको कामलाई तीव्र बनाउन जुटौँ। यही नै राष्ट्रिय विभूति भीमसेन थापासहित हाम्रा वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ ।”
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक