News by: helpline
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरिएको ? भन्दै प्रश्न गर्नुभएको छ ।
मंगलवार सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आफ्नो धारण राख्ने क्रमममा सेनाको भूमिकामाथि शंका व्यक्त गर्दै प्रश्न गर्नुभएको हो । थापाले संसदमा सिंह दरबार जल्दा मौन बसेको सेना अहिले किन सरकारको इशारामा नाचिरहेको छ ? भनेर प्रश्न उठाउनुभयो । उहाँले गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका क्रममा मुलुक ध्वस्त पारिएको विषय सरकारको नीति तथा कार्यक्रममा नअटाएको भन्दै आपत्ति जनाउनुभयो ।
थापाले सरकारको नीति तथा कार्यक्रम खारेज योग्य रहेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न सुझाव पनि दिनुभयो । थापाले नेकपा एमालेलाई अझै सशक्त रुपमा माथि उठाउन भूमिका खेल्ने बताउनु भयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक