News by: helpline
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको सुकुम्बासी बस्ती खाली गर्न दिएको समयसीमा अवधि घर्किंदै जाँदा सुकुम्बासीलाई हटाउन लागेको नभई अतिक्रमणकारी र सुकुम्बासी छट्टयाउन खोजेको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशैभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पु¥याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शाहले शाहले सामाजिक सञ्जालबाट काठमाडौंको नदी किनारमा बस्दै आएका सुकुम्बासी नागरिकहरुलाई सन्देश दिंदै बस्ती खाली गर्ने क्रममा बल प्रयोग नगर्ने आश्वासन समेत दिनुभएको छ । प्रधानमन्त्री शाहले काठमाडौंका नदी किनार बाहेक अन्यत्र पनि हजारौं परिवार रहेको बताउदै उहाँले जो वास्तवमै पीडित भएमा काठमाडौं उपत्यका र बाहिरका सुकुम्वासीका समस्या फरक रहेको बताउनुभयो ।
आफूले झापामा चुनाव प्रचारका क्रममा गरेको बाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र र सरकारले सय दिनका लागि तय गरेका कामका बुँदाहरुलाई ध्यान दिंदै वर्षौं पुरानो यो समस्याको स्थायी समाधानका लागि काम शुरु गरेको उहाँले बताउनुभएको छ । विगतका वर्षायाममा डुबान परेका खोला किनारका फोटोहरु समेत पोस्ट गर्दै प्रधानमन्त्री शाहले नदी किनारको बस्तीबाट ज्यान मात्रै जोगाएर भागेको विर्सनु भयो भन्दै प्रश्न समेत गर्नुभएको छ । अब पनि अधिकारको नाममा भोट राजनीति गरेर कुनै ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने होर भन्दै उहाँले जोखिमरहित बसोबास अधिकार भएको उल्लेख गर्नुभएको छ ।
उहाँले काठमाडौंका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेकाहरुलाई बल प्रयोग नगरी, मानवताको ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्ने तयारी रहेको पनि उललेख गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक