News by: helpline
काठमाडौ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डसँग हार बेहोरेको छ।
मंगलबार सम्पन्न खेलमा पाहुना टोली स्कटल्यान्डले डीएलएस मेथडमार्फत २ रनको जित हात पारेको हो। जितका लागि डिएलएस मेथड अनुसार २२१ रनको लक्ष्य पछ्याएको नेपालले २१८ रन मात्र जोड्यो ।
त्यसअघि, किर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रनको योगफल बनाएको थियो । स्कटल्याण्डका लागि जर्ज मुन्से र फिन्ले म्याक्रेथले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरे ।
बलिङमा सन्दीप लामिछानेले ४ विकेट लिँदा करण केसी र नन्दन यादवले समान २–२ विकेट लिए । वर्षाले प्रभावित खेलमा नेपालले ३९ ओभरमा २२१ रनको परिमार्जित लक्ष्य पाएको थियो । ८ देश सहभागी लिग २ मा २४ खेलमा ३६ अंकसहित अमेरिका शीर्ष र २८ खेलमा ३४ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा छन् । २४ खेलमा १८ अंक बनाएको नेपाल भने सातौँ स्थानमा छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक