News by: helpline
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताउनुभएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नुहुँदै संयोजक दाहालले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई “रगतले लेखिएको कथा” को संज्ञा दिनुभयो। उहाँले विगत र वर्तमानबीच तथ्यांकमै आधारित तुलना गर्दै संसदको रूपान्तरणलाई स्पष्ट पार्नुभयो। आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र पिछडिएका समुदायको प्रतिनिधित्वमा पनि ठूलो उपलब्धि भएको दाहालले उल्लेख गर्नुभयो। दाहालले सरकारले विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाउनुभयो ।
उहाँले संख्याको दम्भमा विधि मिच्ने काम भइरहेको भन्दै जनताको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभयो । दाहालले सरकारले संसद स्थगित गरेर जनप्रतिनिधिलाई छल्दै अध्यादेश मार्फत शासन चलाउने प्रयास गरेको भन्दै त्यस्तो कार्य स्वीकार्य नहुने बताउनुभयो ।
उहाँले सरकारमाथि आलोचना गर्नेहरूमाथि धरपकड र गिरफ्तारी गर्दै प्रतिशोध साँध्ने काम गरिएको भन्दै आपत्ति जनाउनु भयो । दाहालले पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वप्रति गर्व गर्ने अधिकार आफूलाई रहेको बताउँदै क्रान्तिको मशाल आफ्नै रगतले बालेको स्मरण गर्नुभयो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक