28th July 2026, Tuesday

सीमाका समस्या पहिचान भइसकेकाले समस्या समाधान गर्नेतर्फ अग्रसर हुने गृहमन्त्री गुरुङको भनाइ

Post Image
3 दिन अगाडी

News by: helpline

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत अध्ययन र ‘स्ट्रिङ्ग अपरेसन’ गरेर समस्या पहिचान भइसकेकाले सरकार अब समस्या समाधान गर्नेतर्फ अग्रसर भइरहेको बताउनुभएको छ ।

 शुक्रबार राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री गुरुङले दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति, सुरक्षाका सम्बन्धमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै सीमावर्ती क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले अधिकतम प्रयास गरेको स्पष्ट पार्नुभयो । गृहमन्त्री गुरुङले नेपालको सीमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा स्थलगत काममा खटाउन आवश्यक स्रोतसाधनको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 “विना स्रोतसाधन र सुरक्षाको पर्याप्त प्रत्याभूति नभइकन प्रहरीको कमाण्डरले प्रहरी जवानलाई नदीमा हामफाल्न निर्देशन दिन मिल्दैन”, उहाँले भन्नुभयो, “म प्रहरी जवानको अभिभावक भएकाले पर्याप्त स्रोतसाधन र उपकरण विना नदीमा हामफाल्नका लागि निर्देशन गर्न सक्दिन ।” गृहमन्त्री गुरुङले चालु आर्थिक वर्षको बजेटमार्फत प्रहरीलाई स्रोतसाधनयुक्त बनाउन खोजिएको बताउनुभयो ।

खुला सीमावर्ती क्षेत्रमा ‘इन्फारेडयुक्त ड्रोन क्यामेरा’ सहित अत्याधुनिक उपकरणबाट सीमा क्षेत्रमा अनुगमन र निरीक्षण गर्ने तयारीमा मन्त्रालय जुटेको उहाँले जानकारी दिनुभयो ।



No ad available.


No ad available.