18th April 2026, Saturday

सप्तरीमा शंकास्पद बस्तु बिस्फोट हुँदा चार जना बालक घाइते

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्।

बनभोज खान खोलातर्फ पुगेका बालकहरूले खोलामा भेटिएको सकेट बमजस्तो देखिने वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरी चुल्हो नजिक राखेका थिए। सोही क्रममा उक्त वस्तु अचानक विस्फोट भएको हो। विस्फोटमा परी सोही स्थानका साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका छन्।

विस्फोटबाट निस्किएका छर्रा लाग्दा साहस र प्रशिसको खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने कविर र सुरजको पनि शरीरका विभिन्न भागमा छर्रा लागेको छ। घाइते चारै जनालाई सुरुमा मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ।

बालकहरूले भेटेको शंकास्पद वस्तु के हो भन्ने विषयमा र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



No ad available.


No ad available.