28th July 2026, Tuesday

सिरहामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चल्यो

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । सिरहाको लहानमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ।

बिहीबार लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले लहानस्थित अस्पताल चोकबाट ५ भारतीय र १ नेपाली गरी ६ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद भएको जनाइएको छ ।

 घटनाका क्रममा १ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



No ad available.


No ad available.