News by: helpline
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १ सय दिने कार्य अवधिको प्रमुख उपलब्धि आज शनिबार सार्वजनिक गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो । मन्त्री पोख्रेलले सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको दाबी गर्नुभयो ।
१०० बुँदे कार्यसूचीको ७० वटा बुँदा कार्यान्वयन भइसकेको र बाँकी ३० बुँदामध्ये १७ बुँदाको प्रगति ८० प्रतिशत माथि रहेको र १३ बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको मन्त्री पोखरेलको दाबी छ । मन्त्री पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी बाचापत्रमा उल्लेख भएबमोजिम मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको बताउनुभयो । त्यसबाट वार्षिक करिब २० अर्ब रुपैया राज्य कोषमा बचत हुने अनुमान गरिएको उहाँको भनाइ छ ।
यसैगरी अन्य विभिन्न सरकारी संरचनाहरु खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढाउने काम गरिएको, राजनीतिक दल निकट ट्रेड युनियन, विद्यार्थी सङ्गठन खारेजी लगायतका सुधारात्मक कार्यबाट सकारात्मक सन्देश गएको दाबी मन्त्री पोख्रेलको छ । मनत्री पोखरेलले सो दलाबी गरेता पनि ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ मध्ये एकतिहाइ मात्रै कार्यान्वयनमा गएका छन् । गत १३ चैतमा बालेन नेतृत्वमा सरकार गठन भएकै दिन २४ घण्टादेखि १ हजार दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रणदेखि कृषि, पूर्वाधार स्वास्थ्य, शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो ।
ती कार्ययोजनामध्ये केही क्षेत्रमा उल्लेख्य काम भएता पनि धेरैजसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक