3rd June 2026, Wednesday

सरकारले बिद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन खाजेको भन्दै आन्दोलनको घोषणा

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । सरकारले प्रतिबन्ध लगाउन खोजेको भन्दै विभिन्न राजनीतिक दलनिकट १५ विद्यार्थी संगठनहरूले प्रतिबन्ध घोषणाको विरोध गर्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

 काठमाडौंमा शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी संगठनहरूले चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन् । विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान लोकतान्त्रिक मूल्य,मान्यताविपरित तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी संगठन खारेज गर्ने घोषणा गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । जसअनुसार चैत २७ गते पत्रकार सम्मेलन, चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया गर्ने र चैत ३० गतेदेखि २०८३ साल वैशाख ४ गतेसम्म ७७ जिल्लाका कलेजहरूमा स्ववियु एकाइ तथा जिल्लाहरूको आयोजनामा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम घोषणा गरिएको छ ।

साथै अगामी वैशाख ५ गते पूर्वविद्यार्थी नेता तथा सांसदहरूसँग संवाद गर्ने, वैशाख ७ देखि १४ गतेसम्म देशव्यापी प्रचारप्रसार, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम गर्ने, वैशाख ११ गते विश्वविद्यालय उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने, वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने र वैशाख १५ गते काठमाडौं उपत्यकामा कापी–कलमसहित देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

संयुक्त विद्यार्थी मोर्चाले सरकारसमक्ष विस्तृत ७ बुँदे मागपत्र पनि प्रस्तुत गरेको छ । प्रत्येक क्याम्पसमा उत्कृष्ट विद्यार्थीलाई नियमित ग्रान्ट तथा अनुसन्धान सहायता प्रदान गर्नुपर्ने गर्नुपर्ने, इन्टर्नसिपलाई कानुूनी अधिकारका रूपमा ३० दिनभित्र सुनिश्चित गर्नुपर्ने, विश्वविद्यालयमा शिक्षक सहायक तथा अनुसन्धान सहायक पदमा विद्यार्थीलाई प्राथमिकता दिनुपर्ने मोर्चाले माग गरेको ।



No ad available.


No ad available.