11th September 2026, Friday

सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट ल्याएको छ ।

शुक्रबार संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड रुपियाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब रुपियाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको जानकारी दिनुभयो ।

 सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकारमा वृद्धि गरिएको छ ।



No ad available.


No ad available.