2nd June 2026, Tuesday

सरकारले थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती हटायो

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौँ। सरकारले थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती हटाएको छ। थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ ।सरकारले निर्णय गरेर बस्ति ब्यबस्थित बनाउने अभियान शुरू गरेको हो। आज बाट सरकारले देशभरकै अव्यवस्थित बस्ति ब्यबस्थित बनाउने ग़री अभियान नै शुरू गरेको हो। बस्ति हटाउने क्रममा आफू घरवार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए । त्यसैगरी थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन वताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ । परिवार भेला नहुनु भएका ८ जना दशरथ रङ्गशालामा परिवार नआउञ्जेल बसिरहनु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको तथ्यांक संकलन गरिएको छ। उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका सुकुम्बासीहरूको विवरण संकलन गर्ने कार्य गरिरहेको छ। थापाथली र गैरीगाउँ क्षेत्रबाट सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै जारी रहेको छ। ​यसैगरी, होल्डिङ सेन्टरमा रहेकाहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ। थप उपचार आवश्यक परेमा काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएका छन्। ती केन्द्रहरूबाट सामान्य प्राथमिक उपचार सेवा प्रदान भइरहेको छ।

No ad available.


No ad available.