28th July 2026, Tuesday

सरकारद्वारा गणेश नेपाली आत्मदाह विषयमा छानविन गर्न समिति गठन

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । गणेश नेपाली आत्मदाहको विषयलाई छानविन गर्न सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

सरकारले गणेश नेपाली घटना प्रकरण गर्न डिआजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङले शुक्रबार संसदलाई जानकारी दिनु भएको हो । गृहमन्त्रीले यो घटनामा संघीय सरकार भन्दा पनि स्थानीय सरकारको भूमिका देखिएको भन्दै देशमा तीन तहका सरकार छन् भनेर बुझ्नुपर्ने बताउनुभयो । उहाँले सरकारको अथक प्रयासकाबीच गणेश नेपालीलाई बचाउन नसकेको भन्दै घटना प्रति दुख ब्यक्त गर्नुभयो ।

उहाँले संघमा आफ्नो सरकार भएपनि स्थानीय र प्रदेशमा आफ्नो सरकार नभएको भन्दै सरकार भएकाहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । गृहमन्त्री गुरुङले आफूलाई कुनै ‘स्टन्टबाजी’ गर्ने इच्छा नभएको र देशको सेवा गर्न नै आएको दाबी गर्नुभयो ।

नेपालीलाई उपचारका लागि भारत लैजान आफूहरूले अथक प्रयास गरे पनि चिकित्सकको सल्लाहबमोजिम नै उहाँलाई भारत नलगी वीर अस्पतालमा उपचार गरिएकोे जानकारी दिनुभयो ।



No ad available.


No ad available.