28th July 2026, Tuesday

सरकारद्वारा कर्मचारी संगठनहरुको दर्ता खारेज

Post Image
2 महिना अगाडी

News by: helpline

काठमाडौं । सरकारले कर्मचारी सम्वद्ध १२ वटा कर्मचारी संगठनहरूको दर्ता खारेज गरेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामति कर्मचारीका ८ वटा र स्वास्थ्यकर्मीका ४ वटा ट्रेड युनियनहरूको दर्ता खारेज गरेको हो । खारेज गरिएका ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन रहेका छन् ।

यसैगरी नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन पनि खारेजीमा परेका छन् । कर्मचारी संघ संगठनहरुले भने सरकारको कदमको बिरोध गरेका छन् । उनीहरुले सरकारको निर्णयबिरुद्ध अदालत जाने बताएका छन् ।



No ad available.


No ad available.