News by: helpline
काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह तथा वडाको संख्या तथा सीमा हेरफेरबारे कानुनको मस्यौदामा सुझाव माग गरेको छ ।
मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको हो । मन्त्रालयले वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सम्बन्धित निकायलाई पत्राचार गर्दै यस विषयमा सुझाव पठाउन आग्रह गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को विभिन्न दफामा रहेका व्यवस्था बमोजिम स्थानीय तहको सिमाना हेरफेर, गाभ्ने (मर्जर) तथा नगरपालिकाको विद्यमान वर्गीकरणमा पुनरावलोकन गर्न प्रारम्भिक मस्यौदा तयार भइसकेको मन्त्रालयले जनाएको छ ।
सोही मस्यौदालाई पूर्णता दिन मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घलाई समेत सहजीकरणका लागि बोधार्थ पठाएको छ । मन्त्रालयका अनुसार ऐनको दफा ३, ५, ६, ७ र ८ को व्यवस्थालाई कार्यान्वयनमा ल्याउन यो प्रक्रिया अघि बढाइएको हो ।
जस अन्तर्गत गाउँपालिका तथा नगरपालिकाको सिमाना हेरफेर गर्ने, दुई वा दुईभन्दा बढी स्थानीय तह एक आपसमा गाभिने र वडाको सङ्ख्या मिलान गर्ने जस्ता विषयहरू समेटिएका छन् । मन्त्रालयले सो मस्यौदाका सम्बन्धमा कुनै राय वा सुझाव भए तीन दिनभित्र मन्त्रालयको आधिकारिक इमेल ठेगानामा उपलब्ध गराउन सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।
प्राप्त सुझावहरूलाई अध्ययन गरी स्थानीय तहको संरचनात्मक सुधार र सुदृढीकरणका लागि आवश्यक कदम चालिने मन्त्रालयको भनाइ छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक