News by: helpline
काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले फेरि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सुरु भएको तनाव मंगलबार महेन्द्र राजमार्गको विभिन्न क्षेत्रमा फैलिन थालेपछि प्रशासनले सुनसरीमा कडा सुरक्षा व्यवस्था अपनाएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरिएको जनाएको छ ।
प्रशासनका अनुसार पछिल्ला घटनाक्रमले सार्वजनिक शान्ति, सुरक्षा र जनजीवनमा प्रत्यक्ष असर पर्ने अवस्था देखिएकाले कफ्र्यु जारी गर्नुपरेको हो। आदेशअनुसार पूर्वमा इटहरीको पकली चोकदेखि पश्चिममा कोशी ब्यारेजको पुलसम्मको महेन्द्र राजमार्ग तथा राजमार्गको उत्तर र दक्षिणतर्फ दुई–दुई सय मिटर क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैन। यससँगै इनरुवा बजार क्षेत्रभित्र पनि सबै प्रकारका सार्वजनिक गतिविधिमा पूर्ण रोक लगाइएको छ।
मंगलबार घण्टावाडीदेखि झुम्कासम्म महेन्द्र राजमार्ग क्षेत्रमा प्रदर्शन, तोडफोड र तनावपूर्ण गतिविधि बढ्न थालेपछि प्रशासनले तत्काल सुरक्षा रणनीति परिवर्तन गर्दै कफ्र्युको दायरा विस्तार गरेको हो। विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालनलाई समेत थप सुदृढ बनाइएको छ।
सुनसरीको देवागञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने गोली लागेर नौ जना घाइते भएका छन् । त्यसको बिरोधमा प्रदर्शन भएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक