News by: helpline
काठमाडौं । सिंहदरबारमा बिहीबार बसेको सर्वदलीय बैठकले विपद् उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, दीर्घकालीन पुनःनिर्माण र जोखिम न्यूनीकरणमा एक भइ लाग्ने विषयमा १० बुँदे निर्णय गरेको छ ।
सर्वदलीय बैठकले संयुक्त अपिल जारी गर्दै राहत कार्यको गैर–राजनीतिकरण, आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना, सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग र संवेदनशील सूचना प्रवाह, हिमतालहरुको वैज्ञानिक अध्ययन र सीमापार संयुक्त पहल, विपद् कुटनीति र पूर्वसूचना प्रणाली, राष्ट्रिय एकता र समावेशी उद्धार, उत्थानशील पुनःनिर्माण र शून्य सहनशीलता, जलवायु न्याय र विश्व्यापी उत्तरदायित्व, अन्तर्राष्ट्रिय समुदायको सहयोग र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन सम्बन्धमा निर्णय गरेको हो ।
उक्त संयुक्त वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा (एमाले) का महासचिव शंकहर पोखरेल, श्रम संस्कृति पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका चन्दन सिंहले हस्ताक्षर गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक