News by: helpline
काठमाडौं । विपक्षी दलहरुले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्नेसम्बन्धी अध्यादेश फिर्ता लिई सदनमा पेस गर्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामा सहभागी हुनुहुन्थ्यो ।
बिपक्षी दलहरुले अध्यादेशलाई असंसदीय भनेका छन् । यसैगरी सरकारले आज थप तीनवटा अध्यादेश जारीका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । संसद अधिवेशन नचलेको बेलामा तत्कालै कुनै कानूनी प्रबन्ध गर्नु परेमा अध्यादेश ल्याउन सकिन्छ ।
यद्यपि, यसको सदुपयोगभन्दा दुरुपयोग बढी हुने गरेका छन् । सरकारले संसदलाई छलेर आफ्नो स्वार्थअनुकूल कानून बनाउनका लागि अध्यादेशको सहारा लिने गरेको विगतका दृष्टान्तहरूले गर्दा अहिले सरकारले ल्याएको अध्यादेशमाथि पनि प्रश्नहरू उठेका हुन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक