News by: helpline
काठमाडौं । संघीय संसद्का सदस्यहरुले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकको विद्युतीय हाजिरी प्रयोजनका लागि धमाधम बायोमेट्रिक (जैविक) विवरण दिन थालेका छन् ।
दुवै सभाका बैठकमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखमा राख्न जैविक विवरण प्रदान गर्न संसद् सचिवालले सांसदहरुलाई अनुरोध गरेको थियो ।
सचिवालयले आजदेखि यही वैशाख २८ गतेसम्म सांसदहरुलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई जैविक विवरण प्रदान गर्न आग्रह गरेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विगतमा नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा प्रबन्ध गरिएको हाजिरी जेनजी आन्दोलनमा नष्ट भएकाले पुनः विवरण दिन सांसदहरुलाई अनुरोध गरिएको बताउनुभयो ।
यही वैशाख २८ गते अपराह्न २ बजेदेखि दुवै सदनका बैठक हुँदैछन् ।।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक