News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसदहरुलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ ।
आइतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिनुभयो । लामिछानेले ७० वर्षअघि राजनीतिक रुपमा मिल्नुपर्ने व्यक्तिहरु नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उहाँको भनाइ छ । उहाँले आफूहरुलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरु राजनीतिक रुपमा परिपक्व भएको बताउनु भयो । लामिछानेले संवैधानिक परिषद्को क्षेत्राधिकारभित्र रहेर योग्य व्यक्तिलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको भन्दै संवैधानिक प्रक्रिया अनुसार भएको सिफारिसलाई ‘सडक बहस’ को विषय बनाउनु अनुचित भएको बचाउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक