News by: helpline
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको राजीनामा माग गर्दै विपक्षी दलका सांदहरुले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् ।
संसदमा प्रधानमन्त्री शाहको खोजी गर्दै बिपक्षी दलहरुले संसद अवरोध गरेका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शाहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको खोजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले बिपक्षी दलका सांसदहरुलाई पटक–पटक बस्न आग्रह गर्दा पनि उनीहरुले मानेनन् । प्रधानमन्त्री शाहको उपस्थिति बिना नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने बिपक्षी दलहरुको भनाई छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक