3rd June 2026, Wednesday

सुशीला कार्की र गौरी बहादुर कार्की माथि पनि आयोगले भन्यो अनुसन्धान गर्न

Post Image
6 दिन अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा उच्च तहका व्यक्तिहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र जेनजी घटना जाँचबुझ आयोगका संयोजक एवं पूर्वन्यायाधीश गौरीबहादुर कार्की गायतका अभिव्यक्तिले आन्दोलनमा दुरुत्साहन पैदा गरेको हो वा होइन भन्ने विषयमा छानबिन गर्नुपर्ने जनाएको हो।

गत भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको कुनै संलग्नता रहेको वा अभिव्यक्तिका कारण प्रदर्शनकारी उत्तेजित बनेको विषयमा निष्पक्ष अनुसन्धान गर्न आयोगले आग्रह गरेको छ। दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न पनि आयोगले सरकारलाई सिफारिस गरेको छ।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गत भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले उनीहरूलाई अनुसन्धान गर्न सिफारिस गरेको हो । प्रतिवेदन आज बुधबार सार्वजनिक गरिएको हो ।



No ad available.


No ad available.