News by: helpline
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक गतिविधि र उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ।
स्थानीय तहका उम्मेदवार टुंगो लगाउन पार्टीले महामन्त्री विपिन आचार्यको नेतृत्वमा रहेको केन्द्रीय उम्मेदवार छनोट समितिलाई विस्तार गरेको छ। समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी थपिएका छन्। सातै प्रदेशका सभापतिहरू समितिका स्वतः सदस्य रहनेछन्। निर्वाचन तयारीकै क्रममा रास्वपाले ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
असोज २० देखि २७ गतेसम्म चल्ने अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू देशभरका ७५३ वटै स्थानीय तहमा पुग्नेछन्। स्थानीय नागरिक, पार्टीका सदस्य तथा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै सुझाव लिने अभियानको उद्देश्य रहेको रास्वपाले जनाएको छ। अभियानमा केन्द्रीय सदस्य र सांसदलाई अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको छ।
केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न विभागमा नयाँ जिम्मेवारीसमेत बाँडफाँड गरेको छ। यसैगरी, पार्टीको केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकाभित्र उपयुक्त स्थानमा जमिन वा घर खरिद गर्ने तयारीसमेत अघि बढाइएको छ। त्यसका लागि उपयुक्त स्थान खोज्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई रास्वपाले आग्रह गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली