News by: helpline
काठमाडौं । सुदूरपश्चिम समाजको १६ औं साधारण सभा भोलि शनिवार हुने भएको छ ।
नेपालको सुदूरपश्चिम क्षेत्रबाट काठमाडौं आएर स्थायी वा अस्थायी बसोबास गरेका मानिसहरुलाई संगठित गर्दै आपसी सहयोग सद्भावका साथै सुदूर पश्चिमको बिकासमा कसरी लाग्न सकिन्छ भन्ने उद्येश्यले सो संस्थाको स्थापना भएको समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी मायाप्रसाद भट्टले जानकारी दिनुभयो ।
यसैगरी भाषा,संस्कृति,राष्ट्रिय चाड पर्व लगायतको संरक्षणमा पनि संस्थाले जोड दिदै आएको छ । यसका साथै सुदूरपश्चिमको सांस्कृतिक संग्रहालय काठमाडौंमा स्थापना गर्नका लागि समाजले पहल गरिरहेको समाजसेवी भट्टको भनाई छ । उहाँले सरकारले जग्गा उपलब्ध गराए आफूहरु संग्रहालय निर्माणका लागि तयार रहेको बताउनुभयो । समाजले बिभिन्न समस्यामा परेकाहरुलाई सहयोग पनि गर्दै आइरहेको छ । समाजको १६ औं साधारण सभा संस्थापक अध्यक्ष मायाप्रसाद भट्टकै प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ ।
सो साधारण सभामा बिशेष आकर्षणको रुपमा डा.हरिदत्त पाण्डेद्वारा लिखित साहित्यक कृतिहरु ̔सेती कालीका छाल’ र ̔मित्यारीका’े लोकार्पण रहेको छ ।
सो साधारण सभा काठमाडौंको बानेश्वर स्थित युनिग्लोव कलेजमा दिउँसो १ बजेबाट शुरु हुनेछ । समाजले साधारण सभामा उपस्थितिका लागि सबैलाई आग्रह गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक