13th June 2026, Saturday

संविधान संशोधनका विषयमा पूर्वप्रधानमन्त्रीहरू दाहाल,नेपाल र खनालसँग छलफल

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ ।

कार्यदलले नेकपाका नेता तथा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको हो । सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो ।

 दाहाल निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।



No ad available.


No ad available.