News by: helpline
काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा सोमबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाल्पा मिसन अस्पताल लगिएको छ ।
दुर्घटनामा गल्याङ नगरपालिका–८ की अन्दाजी २५ वर्षीया निशा पचभैयाको र गल्याङ नगरपालिका–९ का अन्दाजी ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो।
दुर्घटनामा घाइते भएका १५ जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक