News by: helpline
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुम्बासीका बस्तीमा डोजर चलाउन थालेको छ ।
आज शुक्रबार बिहानै बल्खुस्थित सुकुमम्बासी बस्तीमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको समय दिएको थियो ।
प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले धमाधम सामान सारेका थिए ।बस्ती भत्काउनका लागि ठुला डोजर (जेसीबी) तैनाथ गरिएको छ । यसैगरी, आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरी लगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।
पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ । सुकुम्बासीलाई ब्यवस्थापन नगरी बस्ती खाली गरिएको भन्दै सरोकारवालाहरुले भने बिरोध गरेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक