28th July 2026, Tuesday

शनिबार र आईतबार भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । शनिबार र आईतबार भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना रहेको हो । 

महाशाखाका अनुसार हाल देशभर सबैतिर बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

 शनिबार राति देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।

 आइतबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।

सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अप्नाउन समेत महाशाखाले आग्रह गरेको छ ।



No ad available.


No ad available.