News by: helpline
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् ।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दिउँसो ३ः४५ बजे चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।
घाइतेहरूलाई उपचारका लागि तत्कालै नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक