News by: helpline
काठमाडौं तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो भने ३१ जना घाइते भएका हुन् । पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा गम्भीर चोट लागेका यात्रुहरूमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये २७ जनालाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको छ भने ३ जनाको स्थानीय जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने एक जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर, १४ जनाको मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको विस्तृत विवरण सङ्कलन भइरहेको छ । तीव्र गतिका कारण बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक