28th July 2026, Tuesday

तारकेश्वरमा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं । तारकेश्वरमा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिकामा वडा नं १ स्थित बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र शव भेटिएको हो । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल रहेकी छन् । उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’को रूपमा कार्यरत थिइन् ।

पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । कारभित्रै डढेको अवस्थामा शव भेटिएकाले घटनाको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



No ad available.


No ad available.