2nd June 2026, Tuesday

ट्रम्पको भ्रमण सकिए लगत्तै रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

Post Image
2 हप्ता अगाडी

News by: helpline

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लतत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ ।

पुटिनको चीन भ्रमण मे १९–२० सम्मलाई तय भएको क्रेमलिनले शनिबार जनाएको छ । भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङबिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ ।

 पुटिन र सीले “प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा पनि विचार आदान–प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ । भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोगबारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भएपछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन–रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भुमिका खेल्ने अपेक्षा गरिएको छ । चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ ।



No ad available.


No ad available.