News by: helpline
काठमाण्डौ। रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।
नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलीकप्टर लिएर नुवाकोटको त्रिसुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलीकप्टर लिएर माथिल्लो त्रिसुली थ्रि बीको सुरुङ क्षेत्रमा पुगेको थियो। लगत्तै यो टोलीले माथिल्लो त्रिसुली थ्रि बीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिसुली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो।
त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिसुली १ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो। यता सोही दिन त्रिसुली थ्रि बीमा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरु भएको थियो।
आज पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्र खन्ने काम भइरहेको छ। यो आयोजनाको सुरुङमा मानिसहरु फसेको आशंका गरिएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक