3rd June 2026, Wednesday

त्रिविका उपकुलपति सहित तीन जना पदाधिकारीले दिए राजीनामा

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित तीन जना पदाधिकारीले राजीनामा दिएका छन् ।

बिहिबार उनीहरुले राजीनामा दिएका हुनु । राजीनामा दिनेहरुमा त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजाल छन् । नयाँ सरकारको आह्वान अनुसार राजीनामा दिएको उनीहरुले बताएका छन् ।

अर्याल २०८२ असार २५ गते उपकुलपति नियुक्त हुनुभएको थियो । यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैत ३० मा नियुक्त हुनुभएको थियो । नयाँ सरकार गठन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद वैठकबाटै यसअघि राजनीतिक नियुक्ति लिएकाहरुलाई पदत्याग गरेर सहयोग गर्न आह्वान गर्नुभएको थियो ।

तर यस बीचमा राजनीतिक नियुक्ति लिएकाहरुले पदत्याग गर्न अटेर गरेपछि सरकारले अध्यादेश मार्फत उनीहरुलाई हटाउने तयारी गरेको छ ।



No ad available.


No ad available.