News by: helpline
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाउनुभएको छ ।
बुधवार काठमाडौंंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले यस्तो आरोप लगाउनुभएको हो । उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएको भन्दै सरकार निर्वाचन नगराउने दिशामा अघि बढिरहेको आरोप लगाउनुभएको हो ।
उपाध्यक्ष थापाले निर्वाचन सार्न खोजिनु लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको दाबी गर्दै वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप पनि लगाउनु भयो ।
थापाले सरकार मुलुकका प्रमुख राजनीतिक शक्तिहरुलाई समाप्त पार्दै देश जलाउनेहरुलाई स्थापित गर्न लागिरहेको आरोप पनि लगाउनु भयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक