News by: helpline
काठमाडौं । शुक्रबार देशभर नयाँ जनै (यज्ञोपवीत) एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइएको छ ।
वैदिक परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा पनि सम्मान गर्ने गरिन्छ । आज पूर्णिमाका दिन रक्षाबन्धन बाँध्न र नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौँमा पशुपतिनाथदेखि अन्य मठमन्दिर परिसर, पवित्र नदी किनार र देशभरका देवालयहरूमा भक्तजनको भीड लाग्ने गर्छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्ने प्रचलन छ ।
तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । आजकै दिन ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन पनि छ । क्वाँटीको पनि धार्मिक तथा आयुर्वेद शास्त्रीय मान्यता छ । तर, जनैपूर्णिमा र क्वाँटी खाने आजको पर्वमा कतै उल्लास भने छाएन । दुई दिनअघि रसुवा जिल्लाको भोटेकोशीमा अकस्मात आएको बाढीले पुर्याएको क्षतिका कारण देशैभरि शोक छाएको छ । यसकारण अघिल्ला वर्षहरूमा जस्तो यो वर्षको जनैपूर्णिमा पर्वमा कुनै रौनक देखिएन ।
पर्व मनाउन आफन्तकहाँ जानेहरूलाई पनि बाढीले बाटो बिगारिदिएका कारण आवतजावतमा कठिनाइ झेल्नु परेको थियो । बुधबार बिहान ८ः४५ तिर चीनतर्फबाट लेन्दे खोलामा आएको बाढी रसुवागढी हुँदै नेपाल छिरेपछि त्यसले ल्याएको विपत्तिले देश शोकमग्न बनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक