News by: helpline
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले देउवा दम्पतीको पक्राउ रोक्न अन्तरिम आदेश जारी गरेको हो । अदालतले आदेशमा देउवा दम्पत्तिलाई विशेष अदालतको साटो काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पत्तिलाई पक्राउ नगर्नू नगराउनू भनेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जीका लागि अनुमति माग गर्दा र जिल्ला अदालतले अनुमति दिँदा प्रचलित कानुनले तोकेको विधि र ढाँचा पालना नगरेको सर्वोच्चले औँल्याएको छ । कानुनी प्रक्रिया पुरा नगरी पक्राउ अनुमति लिइएको अदालतको निष्कर्ष छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक