11th September 2026, Friday

उद्योगी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वाेच्चको आदेश

Post Image
4 महिना अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छोड्न आदेश गरेको छ ।

 सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा थुनामा रहनु भएका व्यवसायी शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा छाड्न आदेश गरेको हो ।

व्यवसायी गोल्छालाई यही वैशाख ११ पक्राउ गरिएको थियो । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उहाँलाई पक्राउ गरेको थियो ।



No ad available.


No ad available.