12th September 2026, Saturday

विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको एमालेको टिप्पणी

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राज्यको सामथ्र्यमाथि एकाधिकार जमाउँदा विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभयो । महासचिव शंकर पोखरेलले बुझाउनुभएको उक्त प्रतिवेदन ग्रहण गर्ने क्रममा अध्यक्ष ओलीले सरकार आम नागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ भएको आरोप लगाउनुभयो । सबै राजनीतिक दलहरूले विपद्लाई साझा समस्याका रूपमा लिएर सहयोगको प्रतिवद्धता जनाउँदा समेत सरकारले राजनीतिक जस लिने होडबाजी गरेको ओलीको भनाइ छ ।

विशेषगरी नेपाल पर्वतारोहण संघ जस्ता दक्ष संस्थाहरूलाई खोजी तथा उद्धारमा संलग्न हुन नदिइएको र निजी क्षेत्रका हेलिकप्टरहरू भाडामा लिएर प्रयोग गर्न समेत अवरोध सिर्जना गरिएको उहाँले उल्लेख गर्नुभयो । महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आईतवार अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको हो ।



No ad available.


No ad available.