21st June 2026, Sunday

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

Post Image
18 घण्टा अगाडी

News by: helpline

काठमाडौं । आज शनिबार वर्षा, सहकाल र मानवताका देवताका रुपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ ।

 भोटो जात्राका रुपमा भोटो देखाउने काम ललितपुरको जावलाखेलमा सम्पन्न भएको हो । जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित विशिष्ट व्यक्तिहरु सहभागी भई जात्रा अवलोकन गर्नुभयो ।

विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने यो जात्रा देशकै महत्वपूर्ण सांस्कृतिक सम्पदाका रुपमा रहेको छ ।



No ad available.


No ad available.