News by: helpline
एजेन्सी । रुसको राजधानी मस्कोको दक्षिणी भागमा सोमबार एक वरिष्ठ रूसी जनरलको बम बिस्फोटमा परेर मृत्यु भएको छ ।
कारमा राखिएको बम विस्फोट हुँदा जनरल लाइटनेनन्ट फानिल सरवारोभकोे मृत्यु भएको हो । सरवारोभ रूसी सेनाको प्रधान स्टाफको प्रशिक्षण विभागका प्रमुख थिए र सेनाको रणनीति तथा प्रशिक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
घटनाबारे अनुसन्धान अघि बढाइएको रुसी अधिकारीहरुले बताएका छन् । अनुसन्धानकर्ताहरूले आक्रमण युक्रेनी विशेष सेनासँग सम्बन्धित हुन सक्ने सम्भावनालाई पनि औल्याएका छन् । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि युक्रेनमा रूसी सैन्य अधिकारी र प्रोक्रीमलिन समर्थकलाई लक्षित गरेर भएका धेरै आक्रमणमा कीएभलाई दोष लगाइएको छ ।
यसै क्रममा मस्को नजिक अप्रिल सन् २०२३ मा जनरल यारोस्लाव मोस्कालिक कार बममा मारिएका थिए । सेन्ट पिटर्सबर्गमा अप्रिल सन् २०२३ मा एक मूर्तिमा विस्फोट हुँदा सैन्य ब्लगर म्याक्सिम फोमिनको मृत्यु भएको थियो । त्यस्तै, मे सन् २०२१ मा अल्ट्रानेशनलिस्ट विचारक अलेक्ज्याण्डर दुगिनकी छोरी डारिया दुगिन कार बम विस्फोटमा मारिएकी थिइन् । यस घटनाले रूसमा सुरक्षा चुनौती र उच्च अधिकारीहरूलाई लक्षित गर्ने खतरा अझ बढेको देखाउँछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक