News by: helpline
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन नेकपा एमालकोे नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
आइतबार काठमाडौंको बल्खुमा आयोजित ३३ औँ मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न पनि आवश्यक रहेको बताउनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबिच देखिने असन्तुलनका कारण समाजमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको पनि बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भण्डारीले जनताको सुखदुखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि सक्रिय हुन एमाले नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक