News by: helpline
काठमाडौं। काग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ औं महाधिवेशन आगामी बैशाख अन्तिम हप्ता गर्ने निर्णय गरेपनि महामन्त्री गगन थापाले विधान अनुसार यहि पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दावी गर्नुभएको छ ।
सानेपामा शुक्रबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो दावी गर्नुभएको हो । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधान अनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुंगोमा लाग्ने उहाँको भनाइ छ ।
पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले बैठकमा आफूले फरक मत राखेको उहाँको भनाइ छ ।
महामन्त्री थापाले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गर्नुभयो । उहाँले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक