28th July 2026, Tuesday

विश्वकप फुटबल २०२६ को बिनेता स्पेनले उपाधिसँगै पायो ५ करोड

Post Image
1 हप्ता अगाडी

News by: helpline

एजेन्सी । विश्वकप फुटबल २०२६ को बिनेता स्पेनले उपाधिसँगै पाँच करोड अमेरिकी डलर पुरस्कार पाएको छ ।

 अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा गएराति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । योसँगै विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यो पुरस्कार अघिल्लो संस्करणको भन्दा धेरै हो ।

सन् २०२२ को कतार संस्करणको विजेता अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाएको थियो । यस्तै यसपटक उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख, तेस्रो भएको इङ्ल्यान्डले दुई करोड ९० लाख र चौथो भएको फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर पुरस्कार पायो । यस्तै पाँचौँ देखि आठौँ स्थानमा रहने टोलले एक करोड ९० लाख डलर, नवौँ देखि १६औँ स्थानमा रहनेले एक करोड ५० लाख, १७औँ देखि ३२औँ स्थानमा रहने टोलीले एक करोड १० लाख र समूह चरणबाटै बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।

 आयोजक विश्व फुटबल महासङ्घ (फिफा) का अनुसार विश्वकपमा सहभागी ४८ वटै टोलीलाई तयारी खर्च स्वरुप १५ लाख अमेरिकी डलर पनि उपलब्ध गराईएको थियो ।



No ad available.


No ad available.